मर्जर र एफपीओमा लगाइएको कर हट्दैनः अर्थमन्त्री महत « Arthapath.com
८ असार २०८०, शुक्रबार

मर्जर र एफपीओमा लगाइएको कर हट्दैनः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जर र एफपीओमा लगाइएको कर नहट्ने बताए ।

नेपाल उद्योग परिसघ (सिएनआइ) को २० औं वार्षिक साधारणसभामा अर्थमन्त्रीले यस्तो बताएका हुन । अर्थमन्त्री महतले मर्जर र एफपीओ जारी गर्दा भएको अत्तिरिक्त आम्दानीमा कर लाग्ने व्यवस्था वैधानिक भएको बताए । उनले भने, ‘धेरै व्यवसायीहरुले मर्जर र एफपीओमा भएको अक्तिरिक्त आम्दानीमा कर लगाएको भनेर टिप्पणी गर्नु भएको छ । यो हटाउन म बाट कुनै निर्णय हुँदैन।’

महालेखाले भनेअनुसार नै त्यसमार्फत कर उठाउन खोजिएको उनले बताए । यसका साथै मर्जर र एफपिओमा लगाइएको कर नयाँ व्यवस्था नभएको उनको भनाइ छ । उनले भने, ‘यो नयाँ व्यवस्था पनि होइन ।यसमा आवश्यक अधिकार अदालतलाई मात्रै छ ।’


प्रतिक्रिया दिनुहोस्