काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति ? (पूर्णपाठ) « Arthapath.com
१० असार २०८०, आईतवार

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति ? (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको हो ।

आइतबार आयोजित महानगरको १३औं नगरसभामा उप्रमखु सुनिता डंगोलले सो बराबरको बजेट पेश गरेकी हुन् । उनका अनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालुतर्फ कुल बजेटको ३३.७२ चालु तर्फ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको उप्रमुख डंगोलले बताइन ।


प्रतिक्रिया दिनुहोस्