नेपाल उद्योग परिसंघको अध्यक्ष बने राजेश कुमार अग्रवाल, राष्ट्रिय परिषद् सदस्यमा को–को ? « Arthapath.com
१० असार २०८०, आईतवार

नेपाल उद्योग परिसंघको अध्यक्ष बने राजेश कुमार अग्रवाल, राष्ट्रिय परिषद् सदस्यमा को–को ?



काठमामाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को अध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । परिसंघको २०औं वार्षिक साधारण सभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

परिसंघको विधान अनुरुप स्वत: अध्यक्षमा चयन हुने व्यवस्था छ । सोही बमोजिम नै उनी अध्यक्ष बनेका हुन् । परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरेका हुन् ।

परिसंघको राष्ट्रिय परिषद् सदस्यमा सञ्जय गोल्छा, राज बहादुर शाह, हेमराज ढकाल विदुषी राणा, अजित विक्रम शाह, मनिष खेम्का, द्विराज शर्मा (शिवाकोटी), धु्रवप्रसाद रिजाल, वर्षा श्रेष्ठ, हितेश गोल्छा, विरेन्द्रराज पाण्डे, आशिष गर्ग, आशिष अग्रवाल जजोडिया, सपना सापकोटा, निर्वाचित भएका छन् ।

यस्तै, लक्ष्मीप्रसाद सुवेदी, गोकुल भण्डारी, चन्द्र टण्डन, रोहित गुप्ता, निर्वाण चौधरी, वरुण कुमार तोदी, राहुल कुमार अग्रवाल, सन्दिप शारदा, मोहित केडिया, मिलन बाबु मल्ल, दीपक अग्रवाल, विशाल अग्रवाल, अमित मोर, अमित कुमार बेगानी, शरद कुमार टिवडेवाला, विक्रम सिंघानीया, दिलीप अग्रवाल, गोपाल कुमार अग्रवाल, सौरभ दुगड, विकास दुगड, आदित्य संघाई समेत निर्वाचित भएका हुन् ।

निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुमध्येबाट उपाध्यक्षमा सर्वसम्मत् रुपमा निर्वाण चौधरी, विरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर र भीम घिमिरे चयन हुनुभएको छ । स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, गोकुल भण्डारी र छायाँ शर्मा मनोनित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्