कसिलो मौद्रिक निती लचिलो बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्छ: राजेन्द्र मल्ल « Arthapath.com
२१ असार २०८०, बिहीबार

कसिलो मौद्रिक निती लचिलो बनाएर अर्थतन्त्र चलायमान बनाउनुपर्छ: राजेन्द्र मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कसिलो मौद्रिक लचिलो बनाएर अर्थतन्त्र चलायमान बनाउन गभर्नरलाई आग्रह गरेका छन् । बिहिबार आयोजिक एक कार्यक्रममा बोल्दैं उनले यस्तो बताएका हुन् ।

उनले अहिले २३ अर्व पैसा व्यावसायीले चलाउन नसकेको हुदाँ राष्ट्र बैंकले उठाउनु पर्ने उनले बताए । उनले भने, ‘२३ अर्व पैसा व्यावसायीले चलाउन सकेनन् । राष्ट्र बैंकले उठाउनु पर्याे । यसले अर्थतन्त्र मा चलायन हुन सकेन ।’

‘कर्जा प्रवाहमा वेसरेटमा लिने प्रिमियम अधिकतम २ प्रतिशत व्याजदर कायम गर्न समेत उनले गभर्नरलाई आग्रह गरेका हुन् । सहुलियतपुर्ण कर्जा निरन्तर हुनुपर्याे । कर्जा लिँदा रिक्स डेढ सय प्रतिशत पुग्यो यसलाई सय प्रतिशतमै फर्काउन पर्याे’ मल्लले भने ।

कर्जाको धितोको मुल्याङ्कन ३० प्रतिशत काठमाडौं भ्यालि र बाहिर ५० प्रतिशत कायम गरीनु पर्ने उनको भनाइ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्