विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण « Arthapath.com
३१ असार २०८०, आईतवार

विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पोडेलले विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन् ।

संघीय संसदबाट पारित भई नेपालको संविधान धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो । सोही विधयेकहरुलाई नेपालको संविधानको ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्