अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता, परियोजना विकासमा जोड « Arthapath.com
२ श्रावण २०८०, मंगलवार

अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता, परियोजना विकासमा जोड



गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुन बीच भेटवार्ता भएको छ ।

भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता भएको हो । द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरे ।

एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा पनि दुवै मन्त्रीको समान धारणा रहेको थियो । मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरे । सन् २०१९ मा चीनका राष्ट्रपतिले गरेको नेपालको भ्रमणकाक्रममा जनाएका प्रतिवद्धता पनि छिट्टै अघि बढ्ने बताए ।

नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका कोभिड– १९ को कारणले समयमा अगाडी बढ्न सकेको थिए ।

उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीन बीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विस्वास व्यक्त गरे ।

सुरुङ मार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गरे । चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विस्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्