मौद्रिक नीति: सेयर धितो र घरजग्गा कर्जाको जोखिम भार घटाउने « Arthapath.com
७ श्रावण २०८०, आईतवार

मौद्रिक नीति: सेयर धितो र घरजग्गा कर्जाको जोखिम भार घटाउने



काठमाडौं । राष्ट्र बैंकले सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।

आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता व्यवस्थाहरु पुनरावलोकन गर्ने जनाएको हो ।

धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका प्राइभेट इक्विटी फण्ड, भेन्चर क्यापिटल फण्ड मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्