नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री डा. महत « Arthapath.com
८ श्रावण २०८०, सोमबार

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुन्छः अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन् । मौद्रिक नीतिले बैंकहरुको ब्याजदर खुकुलो बनाएकाले निजी क्षेत्रमा पुँजी प्रवाह बढ्न गई लगानीको वातावरण सहज बताए ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ‘पोलिसी रेट ६.५ प्रतिशत तोकेको भएको हुदाँ बैंक ब्याज दर स्वतः खुकुलो हुन्छ र बजारमा पूँजी प्रवाह पनि बढ्छ, ‘अब छिट्टै शिथिल बनेको अर्थतन्त्र चलायमान हुन्छ’ महत भने ।

देखिएको समस्या सम्बोधन गर्दै देशलाई आर्थिक सम्वृद्धि र विकासको बाटोमा हिडाउनुपर्ने मूल उद्देश्यका साथ काम गरिरहेको मन्त्री डा. महतले बताए । तत्काल बजेट पुगेन, यता भएन, उता भएन जस्तो देखिन्छ, तर दीर्घकालमा परिणाम आउने गरी काम गरिरहेको मन्त्री डा. महतको भनाइ थियो ।

आवश्यक भएको सुधारका कार्यक्रम अगाडि बढाउने, अर्थतन्त्र चलायमान बनाएर राजस्वको आधार विस्तार गर्ने र राज्यको लगानी गर्ने क्षमता वृद्धि गर्नेतिर नै उन्मुख रहेको मन्त्री डा. महतको भनाइ छ । यसपटक श्रोतको कमीले धेरै विनियोजन प्रस्ताव गर्न नसकिएको यद्यपि आउँदा दिनमा त्यसको बाटो खोजी भइरहेको मन्त्री डा. महतले बताए ।

वित्तीय र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनिश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने, मूल्यवृद्धि समग्रमा घटेको छ, मन्त्री डा. महतले भने, विसंगति चिर्दै जाने र समस्यालाई हल गर्दै जाने बाटोमा हामी अगाडि बढेका छौं


प्रतिक्रिया दिनुहोस्