आगामी चुनावमा प्रचण्ड, माधव नेपालकाे पार्टी सकिन्छ, उनिहरूसँग कार्यक्रम छैन: गुरू बराल « Arthapath.com
११ श्रावण २०८०, बिहीबार

आगामी चुनावमा प्रचण्ड, माधव नेपालकाे पार्टी सकिन्छ, उनिहरूसँग कार्यक्रम छैन: गुरू बराल



नुवाकाेट । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज गुरूप्रसाद बरालले नेकपा माओवादी र एकिकृत समाजवादीसँग कार्यक्रम र कार्यनिती नभएकाे बताएका छन् ।

नेकपा एमाले नुवाकाेटकाे जिल्ला कमिटी बैठकलाई संबाेधन गर्दै नेता बरालले एमालेसँग ५ कार्यनिती रहेकाे बताए । एमालेसँग जनताकाे जनजिविकासँग जाेडिएकाे कार्यक्रम, विकास रहेकाे बताए ।

यसअघि क्रान्तिमा रहेका माओवादीका कार्यकर्ता अहिले माओवादी नेतृत्व भ्रान्तिमा लागेकाले अशली कार्यकर्तालाई एमालेमा फर्काउनुपर्ने आवश्यक रहेकाे बरालले बताए ।

https://fb.watch/m1-n7uX-C6/?mibextid=Nif5oz

एकिकृत समाजवादीका नेता माधव नेपालकाे हाे- हल्ला अव सकियाे भन्दै नेता बरालले माओवादी आउने चुनावमा सकिने ठाेकुवा गरे ।

उनले एमालेका कार्यकर्तालाई प्रशिक्षण आवश्यक रहेकाे बताए । एमाले नुवाकाेटमा कार्यक्रता प्रशिक्षणकाे लागी १ सय ६६ जना प्रशिक्षक आवश्यक रहेकाे नेता बरालले बताए ।


प्रतिक्रिया दिनुहोस्