शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ « Arthapath.com
२१ फाल्गुन २०८०, सोमबार

शीतल निवासमा नयाँ मन्त्रीहरुको सपथ



काठमाडौं । नयाँ मन्त्रीहरुको शपथ सुरु हुन लागेको छ । ५ बजे सुरु हुने भनिएको नयाँ मन्त्रीहरुको शपथ केही ढिलो गरि सुरु हुन लागेको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरुको सपथ सुरु हुन लागेको सहसचिव शैलजा रेग्मी भट्टराईले अर्थपथलाई जानकारी दिइन् । नयाँ सत्ता गठबन्धनको दोस्रो चरणको बैठक सकेर प्रधानमन्त्री प्रचण्डसहितको टोली शीतल निवासतिर लागेका हुन् ।

आज सपथ लिने मन्त्रीहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल रहेका छन्। यद्यपि उनीहरुको मन्त्रालय भने तोकिन बाँकी नै छ ।


प्रतिक्रिया दिनुहोस्