नयाँ तीन मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
काठमाडौं । नयाँ तीन मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालले मन्त्रीको सपथ ग्रहण गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहणगराएका हुन् । तर, उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन ।











