इलाम २ मा एमालेका नेम्वाङ विजयी, उपनिर्वाचन एमालेलाई फलिफाप « Arthapath.com
१८ बैशाख २०८१, मंगलवार

इलाम २ मा एमालेका नेम्वाङ विजयी, उपनिर्वाचन एमालेलाई फलिफाप



काठमाडाैं । इलाम क्षेत्र नं. २ मा नेकपा एमाले विजयी भएकाे छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७७७२ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम् प्रतिद्वन्दी कांग्रेसका डम्बरबहादुर खड्काले २१९४२ मत पाएका छन् । ५८३० मतकाे फराकिलाे अन्तरले नेम्वाङ विजयी भएका हुन् । स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ११४५७ मत प्राप्त गरेका छन् ।

गत बैशाख १५ गते भएकाे प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दुबै क्षेत्रमा एमाले विजयी भएकाे हाे । साेमबार मत गणना सकिएकाे बझाङ प्रदेशसभा क मा एमालेका दमन भण्डारी २६७ मतान्तरले विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्