चौंथो पटक प्रधानमन्त्री बनेका ओलिले भने,‘सबैलाई सम्मान, सबैलाई धन्यवाद’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् ।
नियुक्तिसँगै राष्ट्रपति पौडेलले शपथग्रहणका लागि सबै संसदहरुलाई शीतल निवासमा सोमबार बोलाएका छन् । ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको रुपमा शपथ लिने छन् ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति गरेसँगै ओलीले धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले सबैलाई सम्मानसहित धन्यवाद ज्ञापन गरेका हुन् । चौथो पटक प्रधानमन्त्री बनेका ओलीले आफ्नो फेसबुकमा लेखेका छन्,‘सबैमा सम्मान, सबैलाई धन्यावद !’