उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण « Arthapath.com
३१ असार २०८१, सोमबार

उपप्रधान तथा सहरी विकास मन्त्री सिंहद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबार पुगेर सिंहले पदभार ग्रहण गरेका हुन् ।

शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनी शान्तिबाटीमा पुगेर वीर गणेशमान सिंहको सालिकमा माल्यार्पण पनि गरेका थिए । पदभारसँगै मुलुकलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन वर्तमान सरकार गठन भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्