इम्सनसँग अर्थमन्त्री पौडेलले भने,‘जनअपेक्षा अनुसारकै काम गर्न केन्द्रित हुनेछु’ « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

इम्सनसँग अर्थमन्त्री पौडेलले भने,‘जनअपेक्षा अनुसारकै काम गर्न केन्द्रित हुनेछु’



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले जनअपेक्षा अनुसार नै काम गर्ने बताएका छन् । मंगलबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)सँगको भेटवार्तामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

इम्सनको पदाधिकारीले नवनियुक्त अर्थमन्त्री पौडेले मंगलबार सिंहदरबार स्थित कार्यालयमा बधाई ज्ञापनसहितको भेटवार्ता गरेको थियो ।

सोही क्रममा अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था बारे आफू जानकार रहेको बताए । उनले देशवासीहरुको अपेक्षा अनुसार नै काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आफ्नो जिम्मेवारी जवाफदेहि ढंगले काम गर्ने प्रतिवद्धता जनाए ।

‘राज्यका बेतिथि विरुद्ध सधै खबरदारी गर्न छोड्न् हुँदैन । मुलुक निर्माणमा मिडियाको भूमिका प्रभावकारी हुन्छ। इम्सनसँगको सहकार्यमा अर्थमन्त्रालयले सकरात्मक सन्देश प्रवाह हुने गरि प्रभावकारी काम गर्न पाइयोस्’, पौडेलले भने,’हामी एउटै परिवारका सदस्य हौं, हामी नियमित संवादमा हुनेछौं । तपाईहरुकै सुझावका आधारमा अघि बढ्ने हो ।’

अर्थमन्त्री पौडेले पाँचौं पटक अर्थमन्त्रालयको बागडोर सम्हाल्न पुगेका छन् । उनले सोमबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । सोमबारदेखि नै कार्यभार सम्हालेका मन्त्री पौडेलसँग नेपाली अर्थतन्त्रले ठुलो अपेक्षा राखेको छ ।

विशेषगरि निजी क्षेत्र र सेयर लगानीकर्तामा निकै रुचाइएका मन्त्री हुन् । पौडेलले निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिने गरेको पाइन्छ भने सेयर बजारप्रति सकरात्मक दृष्टिकोण रहेको बुझाई छ । उनले लगानीकर्ताको हितमा काम गर्ने धेरैको बुझाई छ । यता, अर्थतन्त्रका समग्र क्षेत्रहरु चलायमान हुने ठुलो जनअपेक्षा छ ।


प्रतिक्रिया दिनुहोस्