के-के छन् मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु ?
काठमडौं । मन्त्रिपरिषद् बैठकका पछिल्लो निर्णयहरु सार्वजनिक भएका छन् । कात्तिक ८ गते अर्थात् बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गरेका एक दर्जन निर्णय सार्वजनिक भएका हुन् ।
सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले बबई सिंचाई आयोजनका लागि बर्दियाका गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृत गरेको छ ।
यस्तै, स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैनतिक वाणिज्यदुत/महावाणिज्यदुतहरुको एक पदावअधि (चार वर्ष ) का लागि थप गर्ने निर्णय गरेको हो ।
यता, जनक शिक्षा सामग्री केन्द्रलाई हुकल टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाई गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णयहरु: