नेपाल र चीनबीच भएको ९ बुँदे सहमति के-के हुन् ? « Arthapath.com
१८ मंसिर २०८१, मंगलवार

नेपाल र चीनबीच भएको ९ बुँदे सहमति के-के हुन् ?



काठमाडौं । नेपाल र चीनबीच ९ बुँदे सहमति भएको छ । मंगलबार दुई देशबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा आधारित सहमति भएको जनाइएको छ । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत सहयोग र सहकार्यका विषयहरु रहेको भ्रमण मण्डलले जनाएको छ ।

प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि सोमबार चिन प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार बिहान ११ बजे चीन प्रस्थान गरेको थिाये । प्रधानमन्त्रीले ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गर्ने तालिका छ ।

  • यी हुन् सहमतिका ९ बुँदाहरू :
  • टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
  • नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
  • ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
  • भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
  • विकास योजनासम्बन्धी समझदारीपत्र
  • आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
  • नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
  • स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
  • नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र


प्रतिक्रिया दिनुहोस्