उद्योग मन्त्री भण्डारी र कोरियाली समकक्षी च्योङ बिच व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता « Arthapath.com
४ पुष २०८१, बिहीबार

उद्योग मन्त्री भण्डारी र कोरियाली समकक्षी च्योङ बिच व्यापार तथा लगानी प्रर्वद्धन सम्झौता



दक्षिण कोरिया । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङ बीच द्विपक्षीय व्यापार तथा लगानी प्रर्वद्धन फ्रेमवर्कमा सम्झौता भएको छ ।

गणतन्त्र दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापित भएको ५० वर्ष पुगेको अवसरमा कोरिया भ्रमणमा रहेका मन्त्री भण्डारीले आज कोरियाको राजधानी सिओलमा आयोजीत एक समारोहका बीच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सो अवसरमा मन्त्री भण्डारीले दक्षिण कोरिया र नेपालको द्विपक्षीय सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको महत्वपूर्ण अवसरमा गरिएको टिआइपिएफ सम्झौताले दुई देश बीचको कुटनितीक, सांस्कृतिक र आर्थिक सम्बन्धहरू नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

उनले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री भण्डारीका समकक्षी च्योङले दक्षिण कोरियाली कम्पनीहरु द्वारा नेपालमा सञ्चालन भईरहेका जलविद्युत, अटोमोबाइल एसेम्बली लगायतका क्षेत्रमा भएका लगानी तथा कार्यहरूको स्मरण गर्दै टिआइपिएफ सम्झौताले दुई देश बीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।

सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले तेन्जिङ नोर्गे शेर्पा सँगको सहकार्यमा सगरमाथाको सफल आरोहण गरेको उदाहरण दिँदै कोरिया र नेपाल अर्काको सहयात्री बन्नुपर्ने धारण राखे ।

नेपाल र गणतन्त्र कोरियाका निजी क्षेत्रका उद्योगी तथा व्यवसायी हरूको सहभागिता रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा वैदेशिक लगानीको वातावरण र अवसर हरूको बारेमा प्रस्तुतीकरण गरे ।


प्रतिक्रिया दिनुहोस्