पतञ्जली जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

पतञ्जली जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

पतञ्जली समूहसँग सम्बन्धित जग्गा प्रकरणमा अनियमितता भएको भन्दै आयोगले नेपालसहित अन्य व्यक्तिहरूलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा माधव नेपालमाथि भ्रष्टाचार सम्बन्धी मुद्दा परेको यो पहिलोपटक हो, जसले नेपाली राजनीतिक वृत्तमा चासो र बहस सिर्जना गरेको छ ।


प्रतिक्रिया दिनुहोस्