पतञ्जली जग्गा प्रकरण : ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, नेपाललाई साढे १८ करोडको माग दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई समावेश गरी ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले पतन्जलीको जग्गा हिनामिनाको आरोपमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ माग गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दामा पूर्वप्रधानमन्त्री नेपाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरिएको छ भने दफा ३ को उपदफा (१) को प्रावधानअनुसार कारबाही समेत माग गरिएको छ । साथै, जरिवाना र थप सजायको माग पनि गरिएको छ ।
आयोगले आरोपितहरूलाई दुरुपयोगका घटनामा संलग्न भएको ठहर गर्दै कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।