प्रधानमन्त्री र गभर्नरबीच सिंहदरबारमा भेट: सेयर बजार र बैंकिङ क्षेत्रको सुधारबारे कुराकानी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले आज भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको थियो ।
भेटमा उनीहरूबीच मुलुकको शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन् ।













