उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन « Artha Path
२६ फाल्गुन २०७६, सोमबार

उद्योगमन्त्री भट्टद्वारा खाद्य स्टोर र औषधि पसलमा अनुगमन



काठमाडौं । कोरोना भाइरसको बहानामा बजारमा कालोबजारी बढेको जनगुनासो बढेसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार बजार अनुगमन गरेका छन ।

वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालसहित मन्त्री भट्टको टोलीले आइतबार काठमाडौंका दुई दर्जन बढी किराना तथा खाद्य स्टोर तथा औषधि पसलमा अनुगमन गरेका हुन ।

मन्त्री भट्ट नेतृत्वको टोलीले जाउलाखेल, कलंकी, नक्साल, सातदोबाटो, टेकु, लाजिम्पाट लगायतका स्थानको स्थलगत अवलोकन गरेर उपभोक्ता तथा विक्रेताको समस्या लगायतका विषयमा जानकारी लिएको मन्त्री भट्टको सचिवालय प्रमुख हितेश ओझाले जानकारी दिए ।

बजार निरीक्षण क्रममा विक्रेताहरुलाई मन्त्री भट्टले खाद्यन्न तथा औषधी र इन्धनको अभावबारे परेको समस्या आफूलाई भन्न आग्रह गरेका थिए ।

निरीक्षणका क्रममा भेटिएका उपभोक्तालाई मन्त्री भट्टले इन्धन औषधि, चिनी, नुन, चामल, दाल लगायतका कुनै पनि वस्तुको अभाव हुन नदिने आश्वासन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्