लकडाउनको सदुपयोग गर्दै घलेगाउँबासी चियाखेतीमा « Arthapath.com
२६ बैशाख २०७७, शुक्रबार

लकडाउनको सदुपयोग गर्दै घलेगाउँबासी चियाखेतीमा



लमजुङ । स्मार्ट भिलेज घलेगाउँका बासिन्दा लकडाउनको सदुपयोग गर्दै चिया बगानको गोडमेल र बगानमा चिया खेती विस्तारमा लागेका छन् । कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएपछि स्थानीय भौतिक दुरी कायम गर्दै चिया गोडमेल र खेती विस्तारमा लागेका हुन् ।

क्व्होलासोंथर गाउँपालिका ३ मा पर्ने घलेगाउँका युवायुवती, बृद्धबृद्धा सबैजना चिया बगानको सरसफाई, गोडमेल र चिया खेती विस्तारमा जुटेका छन् । भौतिक दुरी कायम राखेर चिया बगान गोडमेल गर्ने र नयाँ चिया खेतीको विस्तारमा लागेको स्थानीय यमुना घलेले बताउनुभयो । ‘सरकारले लकडाउनको समय घरबाट बाहिर ननिस्कन भनेको छ । तर, हामी गाउँघरमा छौं । गाउँघरमा बाहिर निस्कनै प¥यो । काम गर्नै प¥यो’ उहाँले भन्नुभयो, ‘यो समयमको सुदपयोग गरी चिया बगान गोडमेल गरेका छौं । नयाँ खेतीका लागि झाडी फाँड्ने र खाल्डो खनेका छौं ।’

घलेगाउँका १ सय २० घरधुरीबाट १/१ जना खटिएर चियाखेतीको विस्तारका लागि झाडी फाँड्ने, खाल्डो खन्ने काम गरेका छन् । बगानको बरपर रहेको खाली जग्गामा रहेको झाडी फाँड्नका लागि स्थानीयले कुटो, कोदालो, हँसिया बोकेर काम गरिरहेका छन् ।

चिया बगानमा युवा, महिला मात्र नभएर बृद्धबृद्धा समेत संगै खटिएका छन् । स्थानीय ७६ बर्षीय नन्दलाल विकले सहरबजारबाट आएका यवायवतीको साथमा खटिएको बताउनुभयो । उहाँका अनुसार अधिकांश युवा छन् । केही बृद्धबृद्धा युवासंगै मिलेर लकडाउनको समयमा काम गरेको उहाँले बताउनुभयो ।

पोखराको कालिका माविमा कक्षा १२ मा अध्ययनरत सुदीप गुरुङले सहरमा बसेर समय खेर फाल्नुको सट्टा गाउँमा आएर चिया खेती व्यवस्थापनका लागि लागेको बताउनुभयो । ‘बजारमा बस्दै आएका थियौं । लकडाउन भयो । कोठाभित्र बस्न मन लागेन । गाउँ फर्र्किएर आयौं’ उहाँले भन्नुभयो, ‘गाउँ आएपछि केही न केही त काम गर्नुप¥यो भनेर चिया खेतीमा लागेका हौं ।’
घलेगाउँका स्थानीयले करिव ३०० रोपनी जग्गामा चिया खेती गर्दै आएका छन् । यसबर्ष १६ रोपनी जग्गामा खेती विस्तार थालिएको छ । खाली जग्गामा झाडी पन्छाएर सफा बनाएपछि खाल्डो खन्ने र मल हाल्ने गरिएको स्थानीयले बताएका छन् । नयाँ ८ हजार विरुवा रोप्ने तयारी गरेको र जेठ महिनाको अन्तिममा गाउँमै उत्पादन गरिएको चियाको विरुवा रोप्ने उनीहरुको योजना छ ।

घलेगाउँ चिया बगान नर्सरी व्यवस्थापन समितिका अध्यक्ष यमप्रसाद घलेका अनुासर घलेगाउँवासीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा २०५४ देखि सामुहिक चिया खेती सुरु गरेका थिए । चिया खेतीमा स्थानीयको बढ्दो चासोले खेती व्यवस्थित गर्दै लगिएको छ । घलेगाउँबासी चियामा आत्मनिर्भर छन् । बाँकी रहेको चिया गाउँमा आउने पाहुनलाई समेत कोसेलीको रुपमा पठाउने गरेका छन् । ।

घलेगाउँ सञ्चालन समितिका अध्यक्ष एवं वडा नम्बर ३ का सदस्य गंगाबहादुर घलेका अनुसार गाउँलेले तक्दाजातको चिया लगाउँदै आएका छन् । घलेगाउँमा तक्दा–७८, तक्दा ३८३ र गुम्ती जातका चिया लगाइएको छ । घलेगाउँमा रहेको ५ वटा टोलले छुट्टाछुट्टै ठाउँमा सामुहिक चिया खेती गर्दै आएका छन् । ६ बर्षअघि समिति बनाएर सामूहिक रुपमा खेती गर्दै आएका छन् । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले गाउँमा चिया प्रशोधन मेशिन ल्याउने योजना रहेको बताउनुभयो । हातले माडेर चिया बनाउँदै आएका स्थानीयको सहजताका लागि मेशिन ल्याउने तयारी गर्दैै गर्दा लकडाउन भएकाले ल्याउन नसकिएको र लकडाउनपछि ल्याउने उहाँले बताउनुभयो ।

समुद्री सतहदेखि २ हजार १ सय मीटर उचाईमा रहेको घलेगाउँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले चियालाई निकै मन पराउँछन् । घलेगाउँ आउने सवै पर्यटक चिया खेती हेरेरमात्रै फर्कने गर्छन् । पर्यटकका लागि गन्तव्य बनेको चिया खेती पछिल्लो समय अध्ययनको केन्द्र समेत बनेको छ । गाउँमै चिया उत्पादन भएयता स्थानीयले बाहिरबाट चिया ल्याउन प्रतिबन्ध समेत लगाएको छ ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्