कोरोना बिरुद्धको पहिलो भ्याक्सिन रुसले तयार पार्यो « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

कोरोना बिरुद्धको पहिलो भ्याक्सिन रुसले तयार पार्यो



काठमाडौं । कारोना भाईर विरुद्धको पहिलो खाप रुसले तयार पारेको छ । रुसले कोरोना भाइरस बिरुद्धको पहिलो खोप तयार पारेर प्रयोगमा ल्याएको दावी गरेको हो । कोरोनाविरुद्धको खोप दर्ता गर्ने रुस पहिलो राष्ट्र बनेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोप आफ्ना दुई छोरीलाई लगाएको र उनीहरुलाई कुनै साइड इफेक्ट नदेखिएको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पुटिनले मङ्गलबार खोपको विकास गरी दर्ता भएको जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्