विदेशबाट ५० हजार नेपाली फर्किए, कुन प्रदेशका कति ? « Arthapath.com
२८ श्रावण २०७७, बुधबार

विदेशबाट ५० हजार नेपाली फर्किए, कुन प्रदेशका कति ?



काठमाडौं । कामको शिलशिलामा विदेश गएका र कोरोना भाईरका कारण अलपत्रमा परेका ५० हजार नेपाली श्रमीकलाई स्वदेशमा उद्धार गरिएको छ ।

विभिन्न ३० देशबाट ५० हजार १०७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ५० हजार नेपाली श्रमिकलाई उद्धार गर्न सरकारले ३१९ चार्टर्ड उडान गरिएको हो ।

कुन प्रदेशमा कति ?

वागमती प्रदेशः १३,८२५ जना
कर्णाली प्रदेशः १,१५५ जना
सुदूरपश्चिम प्रदेशः १,२९७ जना
प्रदेश ५ः ८,३९५ जना
गण्डकी प्रदेशः ६,४७८ जना
प्रदेश २ः ८,३५७ जना र
प्रदेश १ः १०, ६२३ जना

स्वदेश फर्किएकामध्ये ३८ हजार ४४५ जना आफ्नो प्रदेश गएका छन् भने एक हजार ३६५ जना होटल क्वारेन्टिनमा छन् । यस्तै ५ हजार ४३६ जना होम क्वारेन्टिनमा, ४ हजार ३७० जना लोकल क्वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्