बझाङको बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता « Arthapath.com
३ भाद्र २०७७, बुधबार

बझाङको बुङगलमा पहिरो जाँदा ४ घाईते २ बेपत्ता



काठमाडौं । गएरातिको अविरल बर्षापछि बुङगल नगरपालीका ५ मिडीमा गयराती १ः१५ बजे गएको पहिरोमा परि ३ जना घाईते भएका छन् भने २ जना बेपत्ता रहेका छन् ।

जस मध्ये एक जना भागेर ज्यान जोगाउन सफल भएका छन् । जिल्ला प्रहरी कार्यलय बझाङका अनुसार घरमाथीबाट आएको पहिरोले स्थानिय प्रताप ताम्राकारको घर बगाएको हो ।

नेपाल प्रहरी र स्थानियको सहयोगमा पहिरोमा परि पुरिएका ३ जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् । प्रताप ताम्राकार रोजगारीको सिलसिलामा भारतको ब्याङलोरमा छन ।


प्रतिक्रिया दिनुहोस्