माधव नेपाल पक्ष र प्रचण्डपक्ष मिलेपछि मुख्यमन्त्री शाहीको पद जोगियो, नेकपा केन्द्रको हस्तक्षेपले ओलीपक्षलाई तनाव « Arthapath.com
२७ आश्विन २०७७, मंगलवार

माधव नेपाल पक्ष र प्रचण्डपक्ष मिलेपछि मुख्यमन्त्री शाहीको पद जोगियो, नेकपा केन्द्रको हस्तक्षेपले ओलीपक्षलाई तनाव



काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको निर्देशनका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिने भएको छ । केन्द्रको निर्देशनमा मुख्यमन्त्री पद अहिलेलाई जोगिएको छ । तत्काल कर्णाली प्रदेशको सरकार नढल्लने भएको छ । मुख्यमन्त्री शाहीले आफुलाई हटाउन हस्ताक्षर गरेका पार्टी नेता माधव नेपाल पक्षाका नेताहरुसंग गोप्य सहमती गरी आफ्नो पद जोगाएका छन ।

मुख्यमन्त्री शाही समुह र बरिष्ठ नेता माधव नेपालबिच गोप्य सहमति भएको छ । सहमति अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो । अव पर्व माओवादी पक्षका ३ र माधव नेपाल पक्षका ७ जनागरी १० जनाले प्रश्ताव फिर्ता लिनेछन ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री पक्षिय नेताहरु यमलाल कँडेलको नेतृत्वमा मुख्यमन्त्री हटाउने अभियानमा लागेका १८ जना सांसदहरु अन्तत मिल्ने भएका छन । कर्णली प्रदेशमा ओलीपक्षलाई पेलेर जाने नितीमा नेपाल पक्ष र प्रचण्डपक्ष लागेका छन ।

मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमत भएपछि नेपाल समूहका सांसदहरू अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । अव नेपाल समूहका नेतालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्