प्रहरीको सक्रियता बढ्यो, करिब २३ किलो सुन बरामद तर कोही पक्राउ परेन « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

प्रहरीको सक्रियता बढ्यो, करिब २३ किलो सुन बरामद तर कोही पक्राउ परेन



काठमाडौं । विस्कुट र गहना गरि प्रहरीले करिव २३ किलो सुन बरामद गरेको छ । प्रहरीले वीरगञ्ज नगरपालिका वडा.नं ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याटमा छपामारी करीब २३ किलो सुनको विस्कुट र गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको हो ।

दिउँसो साढे १ बजे छापा मार्दा २२ किलो ५७६ ग्राम सुनको विस्कुट र ६८१ ग्राम सुनका गहना बरामद भएको पत्रकार सम्मेलनमा पर्साकी एसपी गंगा पन्तले बताए ।

सोही क्रममा करीब २ किलो २६२ ग्राम तौल बराबरका चाँदिका समान पनि बरामद भएको उनले बताए ।

सो अपार्टमेन्ट भारतको पूर्वी चम्पारन जिल्लाको हरैया निवासी अशोक सिन्हाको भएको स्थानीय बासिन्दाले जानकारी गराएको प्रहरीले जनाएको छ । सुन लुकाइ राखेको सुराकीका आधारमा प्रहरीले २ दिनदेखि निगरानी गर्दा पनि कोही नआएकाले छापामारी सो सुन बरामद गरेको प्रहरीको भनाइ छ ।

अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त नम्बरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । उनी भारत पूर्वी चम्पारण हरैयाका बासिन्दा हुन् । सिन्हा रक्सौल कस्टमका क्लियरिङको काम गर्छन् । सिन्हाका भाई प्रमोद कुमार सिन्हा बिहार विधानसभा निर्वाचनमा रक्सौल विधानसभा १० का भारतीय जनता पार्टी ९भाजपा० का उम्मेदवार हुन् । विधानसभा निर्वाचन अन्तर्गत तेस्रो चरणमा नोभेम्बर ७ मा त्यस क्षेत्रमा निर्वाचन हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्