अख्तियारको छ्यापछ्याप्ती, २ दिनमा घुससहित ३ जना पक्राउ « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

अख्तियारको छ्यापछ्याप्ती, २ दिनमा घुससहित ३ जना पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले २ दिनमा ३ जनालाई पक्राउ गरेको छ । आयोगले २ कर्मचारीसहित ३ जनालाई घुस रकमसहित पक्राउ गरेको हो । शनिबार बिहानै अख्तियारको टोलीले रुपन्देही जिल्लाको सब डिभिजन वन कार्यालय सैनामैना मुर्गियाका कर्मचारीलाई १२ हजार घुससहित पक्राउ गरेको हो ।

वन रक्षक प्रेमचन्द्र विकले अवैध काठ ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिइरहेका बेला सैनामैना वडा नं ६ कलौनी चोकबाट शनिवार बिहान अख्तियारले पक्राउ गरेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

त्यस्तै, शुक्रबार अख्तियारको टोलीले ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र साहनी र उनकी श्रीमती निर्मला केवटलाई अदालतमा रहेको मुद्दामा सहजीकरण गर्दै धरौटीमा छुटाईदिन सहयोग गरे वापत सेवाग्राहीसँग ४ लाख घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।

घुस रकम लिन गएका दम्पतीलाई रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट अख्तियारले रंगेहात नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान कार्य भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्