मन्त्रालयमा एकैदिन २३ जना कर्मचारीलाई कोरोना « Arthapath.com
२ कार्तिक २०७७, आईतवार

मन्त्रालयमा एकैदिन २३ जना कर्मचारीलाई कोरोना



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन २३ जनामा कोरोना संक्रमण भएपछि मन्त्रालय शिल गरिएको छ । मन्त्रालयमा कार्यरत १ सय २६ जना कर्मचारीको स्वाव परिक्षण गरिएको थियो । कोरोना पोजेटिभ रिपोर्ट आउनेहरुमध्ये १३ जना तल्लो तहका कर्मचारी छन भने १२ जना माथिल्लो तहका कर्मचारी रहेको मन्त्रालयले जनाएको छ ।

एकैदिन २३ जनामा कोरोना देखिएपछि मन्त्रालय शिल गरिएको मन्त्रालयका सहसचिव लक्ष्मी निरौलाले जानकारी दिए । बिहीबार र शुक्रबार मन्त्रालय शिल गरिएको थियो भने आइतबार मन्त्रालय खुले पनि निकै सजगता अपनाइने निरौलाले बताए ।


प्रतिक्रिया दिनुहोस्