सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि,परीक्षा जुधेमा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

सिटीईभिटीको परीक्षा ८ मंसिरदेखि,परीक्षा जुधेमा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न आग्रह



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीईभिटीले डिप्लोमा तहको नियमित तथा आंशिक सेमेस्टर र डेन्टल कन्भर्जनको परीक्षा ८ मंसिरबाट सुरु गर्ने जनाएको छ ।

सिटीईभिटीले नोवेल कोरोना भाइरस कोभिड १९ का कारण स्थगित परीक्षा पूर्वनिर्धारित परीक्षा केन्द्रहरूमै सञ्चालन गर्न लागेको हो । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गरिने सिटीइभिटीले जानकारी दिएको छ ।

कोभिड–१९ संक्रमण देखिएका परीक्षार्थीले होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा बसेको प्रमाण पेस गरेमा छुट्टै परीक्षाको व्यवस्था गरिने सिटीइभिटीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्