दसैं मान्न छ लाखले छाडे काठमाडौं « Arthapath.com
६ कार्तिक २०७७, बिहीबार

दसैं मान्न छ लाखले छाडे काठमाडौं



काठमाडौें । कोरोना भाइरसको उच्च जोखिमका विच यसपाली ६ लाखले उपत्यका छाडेका छन । विगतका वर्षहरुका ३० लाख दशैका बेला उपत्यका बाहिरिने गरेको मा यसपाली ६ लाख मात्र रहेका छन ।


ट्राफिक प्रहरीको तंथ्याङ्कमा असोज १ देखि कात्तिक ४ गतेसम्म काठमाडौं उपत्यकाबाट एक लाख ५२ हजार ६३८ सवारी साधन बाहिरिए । एक महिनामा ६ लाख ७० हजार ८१ यात्रुहरुले काठमाडौ छाडे । यही समयमा काठमाडौं उपत्यकामा एक लाख ५३ हजार ६१० सवारी साधनबाट६ लाख २० हजार ८९ यात्रु भित्रिएका छन ।


विगतका बर्षहरुमा दसँैको समयमा काठमाडौं उपत्यका छाडेर जानेको संख्या ३० लाखको हाराहारीमा हुने अनुमान गरिएपनि यो बर्ष त्यो संख्या ६ लाखमात्रै देखिएको छ । यो बर्ष लकडाउन खुकुलो बनेसँगै असोजको सुरुवातदेखिनै काठमाडौं भित्रनेको संख्या बढेको देखिएको हो ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकालले असोज महिनामा उपत्यका छाड्ने र भित्रनेको संख्या बराबर जस्तै देखिएको बताउनुभयो । ‘केहीदिनयता भित्रनेहरुको भन्दा बाहिरीने सवारी साधनहरुको संख्या बढेको बताएक छन ।


नवरात्री लागेपछि काठमाडौं उपत्यका छाड्नेको सख्या १५ लाखको हाराहारीमा हुने गरेकोमा यो बर्ष तीन लाख मात्रै देखिएको हो । कोभिडको कारणले धेरै मान्छेहरुले चैतमै उपत्यका छाडेकाले यो संख्या कमी भएको हुन सक्ने एसएसपी बताएका छन ।


प्रतिक्रिया दिनुहोस्