आज हनुमानढोका दरवारमा भव्याताका साथ फुलपाती भित्र्याइँदै, यस्तो छ प्रक्रिया « Arthapath.com
७ कार्तिक २०७७, शुक्रबार

आज हनुमानढोका दरवारमा भव्याताका साथ फुलपाती भित्र्याइँदै, यस्तो छ प्रक्रिया



काठमाडौं । नवरात्रको सातौँ दिन आज फुलपाती पर्व हो । प्रत्येक नेपालीको घरघरमा आज शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ ।

नेपाली संस्कार अनुसार दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा राखिने चलन छ ।

काठमाडौंको हनुमानढोका दरवारमा अवस्थित दशैंघरमा आज विषेस किसिमले फुलपाती भित्र्याइदैछ । आज शुक्रबार करिव सवा तीन बजे गोरखाबाट ल्याइएको फुलपाती हनुमानढोका दरवारमा विषेस किसिमले भित्र्याइने चलन रहँदै आएको छ ।

गोरखा दरवारबाट ल्याइएको फुलपाती जमलबाट पुन आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती दशैंघरमा लगिनेछ । काठमाडौंको जमलमा सरकारी विषेस टोली र सेनाका टुकडी सहितले हनुमानढोका लगी भित्र्याइने चलन रहेको छ । कोरोनाको कारण विगतमा जस्तो भिडभाड नहुने गरी फुलपाती तुलजा भवानीमा पनि अमालका द्वारेबाट फूलपाती भित्र्याइँदैछ ।


प्रतिक्रिया दिनुहोस्