सडक विभागकसँग स्वीकृत नलिई बनाए ललितपुरका मेयर चिरिवाबुले साइकल लेन « Arthapath.com
९ कार्तिक २०७७, आईतवार

सडक विभागकसँग स्वीकृत नलिई बनाए ललितपुरका मेयर चिरिवाबुले साइकल लेन



काठमाडौं । ललितपुर महानगरपालिकाले १० किलोमिटर साइकल लेन निर्माणा गरेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पटक पटक घोषणा गर्दै आएका साइकलका लेन निर्माण अन्तिम चरणमा पुगेको छ ।

तर सरकारी निकायविचनै समन्वय हुन नसक्कदा निर्माणाधिन साइकल लेनले सडक विभागसंग स्वीकृती भने पाएको छैन । सडकमा साइकल लेन बनेपनि त्यसको स्वीकृतीको लागी धाउँदा÷धाउँदा आफु हैरान भएको मेयर महर्जनले बताए ।

ललितपुरको मेयर निर्वाचित भएपछि चिरिवावुको पहिलो घोषणानै ललितपुरमा साइकल लेन बनाउने भन्ने थियो । निर्वाचित भएको झण्डै ४ वर्षपछि चिरिबाबुले साइकल लेन त बनाए तर सडक विभागकसंग स्वीकृति नै लिएनन् ।

महानगरपालिकाले ललितपुरको मुख्य सडकका रूपमा रहेको थापाथली–पुल्चोक–जावलाखेल–लगनखेल–मङ्गलबजार खण्डमा साइकल चलाउने गरी करिव १० किमि छुट्टै लेनको निर्माण सम्पन्न गरिसकेका छन । नगरप्रमुख चिरिबाबु महर्जनले साइकल लेन निर्माणको लागी साइकल सञ्चालनका लागि सडक विभागसँग पटक पटक अनुमति मागेको तर विभिगले अनुमति नदिएको बताए ।


प्रतिक्रिया दिनुहोस्