पोखराको मातृशिशु हस्पिटलमा प्रभु बैंकको काउण्टर « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

पोखराको मातृशिशु हस्पिटलमा प्रभु बैंकको काउण्टर



काठमाडौं । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

सोमबार मातृशिशु मितेरी हस्पिटल परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभासद सदस्य कृष्णबहादुर थापाले एक समारोहका विच प्रभु बैंकको मातृशिशु मितेरी हस्पिटल एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे ।

मातृशिशु मितेरी हस्पिटलमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट विहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा मातृशिशु मितेरी हस्पिटलमा आउने सम्पुर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।

एक्स्टेन्सन काउण्टर सञ्चालन पश्चात् मातृशिशु हस्पिटलको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापह?लाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरु को सेवामा समेत उल्लेख्य योगदान पु¥याउने प्रण गर्दछ ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्