बंगलादेशले पैँचोमा मल नदिने, जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

बंगलादेशले पैँचोमा मल नदिने, जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव



काठमाडौं । जीटुजीमार्फत मल खरिद गर्न मन्त्रीपरिषदमा प्रस्ताव गरेको छ । बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको हो । सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो ।

बंगलादेशले अहिले मल नदिने भएपछि सोही मललाई जीटुजीमार्फत खरिद गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

प्रवक्ता केसीले बंगलादेशले पैँचोमा नभई खरिद गरेर लैजान भनेर नेपालसँग प्रस्ताव गरेपछि मन्त्रालयले जीटुजीबाट मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको बताए । प्रवक्ता केसीले अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा तलमाथि भइरहने हुँदा बंगलादेशले पैँचोमा नभई खरिद गरेर नै लैजान नेपाललाई प्रस्ताव गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय आउनासाथ बंगलादेशबाट पैँचो ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल जीटुजीमार्फत खरिद गरेर ल्याउने बताए ।

सो मल ढुवानीका लागि टेन्डरसमेत गरिएको प्रवक्ता केसीले बताए । उनले बंगलादेशबाट मल ढुवानी गर्न जेनड्रो कम्पनीसँग प्रतिटन ८३ अमेरिकी डलरमा मल ढुवानी गर्ने सम्झौता भएको बताए । मल ढुवानीका लागि कम्पनीसँग सम्झौता भइसकेको हुँदा मन्त्रिपरिषद्को निर्णय भएको दुई महिनाभित्र मल नेपाल आइपुग्ने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्