तिहारमा देउसी भैलो खेल्न रोक « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

तिहारमा देउसी भैलो खेल्न रोक



काठमाडौं । बागुलुङ बजारमा नजिकिदै गरेको पर्व तिहारमा देउसी भैलो खेल्न रोक लगाएको छ । कोरोनमभाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि बागलुङ बजार एक साताका लागि बन्द गरिएको छ । कोरोना रोकथाम गर्नका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ नम्बर वडा एक साताका लागि बन्द गरिएको हो ।

सर्वपक्षीय बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी बागलुङ नगरपालिकाका ४ वटा वडा बन्द एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

एक सातमासम्म अत्यावश्यकबाहेकका सेवा, बजार र यातायात बन्द गर्ने र बैंक तथा वित्तीय संस्था पनि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको छ । त्यस्तै तिहारमा खेलिने देउसी भैलोलाई पनि रोक लगाउने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्