माउन्टेन इनर्जीको आईपीओ निष्काशन कात्तिक २६ गतेदेखि « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

माउन्टेन इनर्जीको आईपीओ निष्काशन कात्तिक २६ गतेदेखि



काठमाडौं । माउन्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कार्तिक २६ गतेदेखि निष्काशन खुल्ला गर्ने जनाएको छ ।

प्रति साधारण शेयर रु. १०० अंकित दरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयरहरुको निष्काशन कात्तिक २६ गते खुल्ला भई छिटोमा मंसिर २ गते र ढिलोमा मंसिर १० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सीबीआईएल क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले आफ्नो जारी पूँजीको १० प्रतिशत अर्थात १९ करोड ६८ लाख २ हजार ७ सय रुपियाँ बराबको रु. १०० अंकित दरका १९ लाख ६८ हजार २७ कित्ता शेयर मध्ये ३९ हजार ३ सय ६१ कित्ता ९२ प्रतिशत० कर्मचारीहरुलाई सुरक्षित गरी र ९८ हजार ४ सय १ कित्ता (५ प्रतिशत) सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकी १८ लाख ३० हजार २ सय ६५ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्