युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट आइपीओ निष्काशन गर्ने « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट आइपीओ निष्काशन गर्ने



काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले कात्तिक २७ गतेबाट सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कुल ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर जारी गर्न लागेको हो ।

यसअघि स्थानीयलाई जारी गरेको ४ लाख २० हजार कित्तामध्ये २ लाख ४३ हजार ९१० कित्ता सेयर बिक्री हुन सकेको थिएन । हाल जारी हुन लागेको कुल सेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । यस्तै, कर्मचारीका लागि १७ हजार ४७८ कित्ता शेयर छुट्याइएको छ ।

बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा मंसिर ३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा सबै शेयर बिक्री नभएमा मंसिर ११ गतेसम्म भर्न सकिनेछ ।

यसमा प्रतिकित्ता १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपीओमा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।


प्रतिक्रिया दिनुहोस्