नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा मंसिर ३ गते, हालसम्मकै ठूलो आइपिओ ल्याउने « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारणसभा मंसिर ३ गते, हालसम्मकै ठूलो आइपिओ ल्याउने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कार्तिक २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णयानुसार मंसिर ३ गते बैंकको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा अपरान्ह ४ बजेबाट सुरु हुने जनाएको छ ।

सभाको विशेष प्रस्ताव अन्तर्गत बैंकले निष्कासन गर्न लागेको साधारण शेयर (आइपिओ) को बारेमा छलफल गरी पारित गरिने जनाएको छ । त्यस्तै बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ ।

त्यस्तै बैंकको २०७७ असार मसान्तको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिने छ । त्यस्तै सभामा आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।

त्यस्तै बैंकको ८ अर्ब रुपैयाँको आईपीओको छिनोफानो मंसिर ३ गते हुने भएको छ । यो आइपीओ शेयर बजारमा सबैभन्दा ठूलो हो । आइपिओ निष्कासनको अनुमति मंसिर ३ गते पाउने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ अर्थात ८ करोड कित्ता आइपिओ निष्काशनको अनुमति पारित गर्नको लागि साधारणसभाबाट पारित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्