शेयर बजार ४.४७ अंकले घट्यो, २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार « Arthapath.com
२० कार्तिक २०७७, बिहीबार

शेयर बजार ४.४७ अंकले घट्यो, २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको कारोबार



काठमाडौं । नेप्से सूचक ४.४७ अंकले घटेर १६३६.१७ विन्दुमा अडिएको छ । कुल २०० कम्पनीको २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ९१ लाख २३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएका छन् । कुल १२ कम्पनीको कारोबार भएकामा ४ वटाको सूचक वृद्धि भएको छ भने बाँकी समूह तल झरेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै १३.९३ अंकले बढेको छ । वाणिज्य बैंक समूह ७.९ अंकले तल झरेको छ ।

आज सानिमा जनरल इन्सुरेन्स, रैराङ हाइड्रोपावर तथा गोर्खा फाइनान्सको भाउ सर्किट लाग्ने गरी बढेको छ । खरिदबिक्री रकममा प्राइम बैंकले अग्रता लिएको छ । यसको २० करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा अरुण काबेली हाइड्रोपावर र तेस्रोमा एभरेष्ट बैंक परेका छन् ।

होटल, विकास बैंक, हाईड्रोपावर र जीवन बीमा बाहेक अरु सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । प्राइम कर्मसीयल बैंकको २० करोड ८४ लाख रुपैयाँको कारोबार भएको छ । अरुण काबेलीे १८ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्