समता लघुवित्तको नाफा २९४ प्रतिशतले बढ्यो, अरु सूचक यस्ता छन् ?

काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २८ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले यस बर्षको पहिलो त्रैमासमा १ करोड ११ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा तुलनामा नाफा २९४.५६ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै कम्पनीको चुक्ता पुँजी २२ करोड ९३ लाख रुपैयाँ, जगेडा कोषमा १२ करोड ५१ लाख रुपैयाँ जम्म रहेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।
त्यस्तै गत वर्ष २ करोड ३३ लाख ५१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस बर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी २७.२७ प्रतिशतले घटेर १ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्ष कम्पनीले १४ लाख २७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । त्यस्तै असोज मसान्तसम्म कम्पनी ८२ लाख ३८ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
त्यस्तै कम्पनीको यस अवधिसम्म ६५ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा लगानी १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको यस अवधिमा प्रति सेयर आम्दानी २३ रुपैयाँ ४२ पैसा रहेको ।