२७३६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २ लाख नजिक, २२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ ।
त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन् ।
आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ।
योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ ।