बुधबार बढेको सुनको मूल्य बिहीबार गिरावट, चाँदीको स्थिर

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, बिहीबार तेजावी सुनको मूल्य पनि तोलाको २ सय रुपैयाँले नै घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार पनि चाँदी प्रतितोला १ हजार २ सय २० रूपैयाँमा नै कारोबार भइरहेको महासंघले बताएको छ ।
बुधबार भने १ सय रुपैयाँले बढेको थियो । बुधबार सुनको मूल्य ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबारको चाँदीको मूल्य प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार ३४ सयले घटेर छापावाल सुन ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुन तोलमा १ हजार रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।