तिहार सकिएलगत्तै सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपालीहरुको महान चाड दिपावली सकिएसंगै सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार आज १ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुन तोलामा १ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ ।