बिहीबार ७ सयले घटेको सुन शुक्रबार पनि घट्यो, लगातार ओरालो लाग्दै, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

बिहीबार ७ सयले घटेको सुन शुक्रबार पनि घट्यो, लगातार ओरालो लाग्दै, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । तिहार सकिएपछि लगातार तीन दिन सुनको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि तोलाको ४ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ५ सय रूपैयाँ निर्धारण गरिएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन बिहीबार तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजावी सुन तोलामा १ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्