आइतबार करिव ७ अर्बको कारोबार हुँदा सोमबार घट्यो, नेप्से २ अंकले घटेर ४ अर्ब माथिको कारोबार « Arthapath.com
८ मंसिर २०७७, सोमबार

आइतबार करिव ७ अर्बको कारोबार हुँदा सोमबार घट्यो, नेप्से २ अंकले घटेर ४ अर्ब माथिको कारोबार



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.३८ अंकले घटेर १,७८०.४३ को अंकमा बन्द भएको छ । सोमबार दिनभरिमा १९९ कम्पनीको १ करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७६ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार सबैभन्दा धेरै नेपाल बैेंकको ३० करोड २० लाख रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको २९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हाइड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट र एन्ड डेभलपमेन्टको शेयर ९.९२ प्रतिशत र हिमालयन डिस्टीलरीको शेयर ९.४५ प्रतिशतले बढेको छ ।

बैंकिङ्, ट्रेडिङ, होटल र उत्पादनमूलक क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूच राताम्मे भएका छन् ।

त्यस्तै, हिजो आइतबार झण्डै ७ अर्बको कारोबार भएको थियो । नेप्से परिसूचक आइतबार १८११.११ अंकमा पुगेको थियो तर कारोबार बन्द हुने समयमा ४.६९ अंकले बृद्धि भई १७८१.८२ अंक पुगेको थियो । आइतबार २ सय १ कम्पनीको १ करोड ५९ लाख ६५ हजार ५ सय २६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्