मंगलबार नेप्से २९ अंकले बढ्यो, ५ अर्ब ४४ करोडको बढिको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९.६८ अंकले बढेर १,८१०.११ को विन्दुमा बन्द भएको छ । मंगलबार १९६ कम्पनीको १ करोड १७ लाख ४८ हजार ५ सय २० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार सबैभन्दा बढि एनआईसी एशिया बैंकको ३७ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बोर्टलर नेपाल (तराई) को शेयर ९.९९ प्रतिशतले बढेको छ । सोल्टि होटलको शेयर ३.२० प्रतिशतले घटेको छ । होटल बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ ।