सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति



काठमाडौं । नेपाल सरकारले सगरमाथाको नयाँ उचाई घोषणा स्विकृत दिएको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

सगरमाथाको नयाँ उचाई घोषणा गर्नका स्वीकृती प्रदान गर्न मन्त्रीपरिषद्मा प्रस्ताव पेश गरिएको थियो । आर्थिक वर्ष २०७५÷०७६ बाट शुरु भएको सगरमाथाको उचाई मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रुपमा घोषणाको तयारी गरेको भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले जानकारी दिईन ।


प्रतिक्रिया दिनुहोस्