धादिङमा ४ महीनामा भित्रियो १ अर्ब रेमिट्यान्स « Arthapath.com
१५ मंसिर २०७७, सोमबार

धादिङमा ४ महीनामा भित्रियो १ अर्ब रेमिट्यान्स



काठमाडौं । ४ महिनाको अवधिमा धादिङ जिल्लामा १ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रीएको छ । चालू आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा धादिङमा कला इन्टरनेशनल प्रालिबाट ९९ करोड ८२ लाख रुपियाँभन्दा बढी रेमिट्यान्स भित्रिएको हो ।

जिल्ला भित्रिएको कुल रकममध्ये ९० प्रतिशत रेमिट्यान्स महिलाको नाममा आउने गरेको कला इन्टरनेशनलका प्रबन्धक रामचन्द्र गीरीले बताए । कला इन्टरनेशनलबाहेक जिल्लाभर बैंक तथा वित्तीय संस्थामा समेत रेमिट्यान्स भित्रिने गरेको पाइएको छ ।

असोज महीनामा मात्रै ३३ करोड ५५ लाख रुपैयाँ बराबरको रेमिट्यान्स आएको छ । विदेशबाट आएको रकममध्ये सबैभन्दा धेरै मलेशियालगायत खाडी मुलुक साउदी, कतार, बहराइन, दुवई, कुवेत, इराक, अफगानिस्तानबाट रेमिट्यान्स भित्रिने गरेको छ ।

विदेशबाट भित्रिने रेमिट्यान्सको अतिरिक्त सदरमुकाम धादिङवेशीबाट दैनिक ४० देखि ५० लाख रुपियाँसम्म देशका अन्य भागमा बाहिरिने पनि गरेको छ ।


प्रतिक्रिया दिनुहोस्